आज प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न प्रतिवेदन र विधेयकमाथि छलफल हुने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन संसद्मा पेस गर्नेछिन् । यस्तै, न्याय सेवा आयोग र लोक सेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिने कार्यसूची छ ।
