SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०३:३५ AM · 1 मिनेट पढाइ

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत तुइनखोला, केराबारी र जलबीरे क्षेत्रमा पहिरो खसेपछि यातायात प्रभावित भएको थियो । तीनै स्थानको पहिरो हटाएपछि सडक सञ्चालनमा ल्याइएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि मेसिन परिचालन गरी पहिरो हटाउने काम गरिएको थियो ।