अमेरिकाद्वारा इरानमाथि पुनः सामुन्द्रिक नाकाबन्दीको घोषणा
काठमाडौं । अमेरिकी केन्द्रीय कमाण्डले आजदेखि इरानी बन्दरगाहहरूमा हुने आवतजावतमा पुनः नाकाबन्दी सुरु गर्ने घोषणा गरेको छ । सेन्टकॉमले सोमबार एक विज्ञप्ति जारी गर्दै यसअघि अप्रिल १३ देखि जुन १८ सम्म कार्यान्वयन गरिएको नाकाबन्दीलाई निरन्तरता दिन लागिएको जानकारी दिएको हो ।
