हेर्नुहोस आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) २८ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ०५ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ ।
