SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

रास्वपाले भन्यो– ‘सञ्चारमाध्यमसँगको सहकार्य घनिष्ठ बनाउने छौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)ले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने आफ्नो कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पत्रकारहरूसँगको छलफलमा लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । उनले सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।