झापाको बुद्धशान्तिमा पाँच परिवारलाई लालपुर्जा वितरण
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ति गाउँपालिकामा पाँच अव्यवस्थित बसोबास गरिरहेका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि रहेका छन् भने केही जग्गा कृषि प्रयोजनका छन् ।
