रहेनन् आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डल
काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । मण्डलले असार २५ गते बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।
