SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

सरकारलाई माइतीघरबाट देविकाको गुहार- मर्न चाहन्न, न्याय चाहन्छु

माइतीघरको सडकमा दिनभर मानिसहरूको आवतजावत चलिरहन्छ । तर कोही आफ्ना मागसहित आउँछन्, कोही आवाज उठाउन सडक रोज्छन् । माइतीघर मण्डला परिसरमा प्रायः मागसहितका ब्यानर र प्ले कार्ड छुट्दैन् । घामपानीबाट जोगिन लगागार टेन्ट लगाइएको छ । त्यही टेन्टमा बसेर एक महिला आफ्नो पीडा सुनाइरहेकी छन् ।