SHARE
लोक पथ · मङगलबार ३० असार २०८३ ०१:२७ AM · 1 मिनेट पढाइ

पहिरोको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा यात्रा रोक

चितवन । लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो र लेदो खस्ने जोखिम बढेपछि यात्रा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सडक असुरक्षित भएकाले अर्को सूचना नआएसम्म उक्त सडकबाट यात्रा नगर्न सबैलाई आग्रह गरेको छ ।