खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकका अनुसार ग्राहकको खाताबाट काटिएको करको विवरण आयकर ऐन, २०५८ अनुसार आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको हो ।
