काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी होल्ड
वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ। सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ। नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो। आज बिहान पनि गाडीहरु छोडिएको छैन।
