रुबी हत्या घटनामा जोडिएका लक्ष्मणको उपचारका क्रममा मृत्यु
रौतहट – रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ । शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
