SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

कालिकोटमा बढ्यो एचआइभी, सङ्क्रमित संख्या ७५ पुग्यो

काठमाडौं । पछिल्लो पटक कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ । हालसम्म एचआइभी सङ्क्रमितको कूल दर्ता सङ्ख्या ७५ रहेको छ । जिल्लामा सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकाका रहेको शाहीले जानकारी दिए ।