SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साेमबार महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमार्फत स्वास्थ्य, शिक्षा, पूर्वाधार, सम्पदा संरक्षण, सरसफाइ, प्रविधि र सहरी सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ ।