SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

कुनै समय असार लागेसँगै खेतमा रोपाइँको चहलपहल बढ्थ्यो । असारभित्रै अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो । साउन लाग्दा नलाग्दै रोपाइँ भएको खेत हरियाली छाएको देखिने किसानको परम्परागत क्यालेन्डर थियो । तर पछिल्ला वर्षमा मौसममा आएको परिवर्तनसँगै रोपाइँ हुने समय असारमा वर्षा नहुँदा पानीको अभावमा किसानको विगतको ‘क्यालेन्डर’ फेरिन थालेको छ ।