मधेसी कलाकार भएकै कारण विभेद भएको आरोप, निर्देशक दीपक प्रसाद आचार्यसँग सम्मानजनक छलफलको माग
काठमाडौं । चलचित्र चिरञ्जीवी भव: मा अभिनय गरिरहेकी कलाकार काजल कर्णले आफू मधेसी समुदायको कलाकार भएकै कारण विभेदमा परेको आरोप लगाएकी छन्। उनले आफूलाई पारिश्रमिक नदिई आफ्नो भूमिकामा अर्कै कलाकारलाई राखेर निर्माण टिमले सुटिङ निरन्तर अघि बढाएको दाबी गरेकी छन्। कर्णका अनुसार निर्देशक दीपक प्रसाद आचार्य र निर्माण टिमले आफूसँग छलफल नगरी आफ्नो भूमिकामा अर्को कलाकारलाई अभिनय गराउँदै सुटिङ जारी राखेका छन्। साथै, फेसबुक स्टाटसमार्फत आफूलाई गलत देखाउने प्रयास गरिएको र त्यसबाट मानसिक पीडा भोग्नुपरेको उनको भनाइ छ।
