SHARE
लोक पथ · सोमबार २९ असार २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

पूर्वलडाकु लहानुरामको ठगी धन्दा : ३ करोडभन्दा बढी ठगी, रकम फिर्ता माग्दा ‘गोलीले उडाइदिने’ धम्की !

काठमाडौं । माओवादीका पूर्व लडाकु लहानुराम चौधरी वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३० जनाभन्दा बढी व्यक्तिको तीन करोड रुपैयाँभन्दा बढी ठगेको आरोपमा पक्राउ परेका छन् । क्यानडाको पाँचतारे होटेलमा काम लगाइदिने भन्दै नक्कली कागजात बनाएर गाउँ गाउँबाट रकम असुल्ने चौधरीले पैसा फिर्ता माग्न आएकालाई ‘गोलीले उडाइदिने’ धम्की दिने गरेको पीडितहरूले बताएका छन् ।