SHARE
लोक पथ · सोमबार २९ असार २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

करमा विशेष छुट दिने ललितपुर महानगरको घोषणा, ईभी धनीदेखि लक्षित वर्गसम्मलाई छुट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र–०८४ का लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था घोषणा गरेको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा ९औँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै करदातालाई प्रोत्साहन गर्न विभिन्न छुटका योजनाहरू सार्वजनिक गरेका हुन् ।