SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

अमेरिकी नागरिक डा.आनाले नेपाली श्लोक वाचन गर्दा…

अमेरिकी नागरिक तथा संस्कृतिविद् डा.आना एम सिस्टरद्वारा भानु जयन्तीमा नेपाली श्लोक वाचन सबैको ध्यान खिचेको छ । सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा बोल्दै डा.सिस्टरले २० वर्षअघि विद्यार्थीका रूपमा नेपाल आएको स्मरण गर्दै नेपाली भाषा सिक्दाको अनुभव समेत साटेकी थिइन् ।