नेपालभर मनसुनी वायुको प्रभाव, मकवानपुरमा सर्वाधिक वर्षा
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू–भागको नजिक आइपुगेकाले देशभरको मौसममा उल्लेख्य बदली देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार मकवानपुरको मकवानपुरगढी क्षेत्रमा ११९.४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
