आत्मदाह गरेका गणेश नेपालीको पशुपतिमा गरियो दाहसंस्कार
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज (सोमबार) शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए ।
