SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

विष्णु पौडेलमाथि पाँचौं पटक म्याद थप, थप ३ दिन हिरासतमै रहने

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिनको लागि म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । यो सहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो ।