पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको हो । आइतबार सरकार र नेपालीका परिवारबीच नौबुँदे सहमति भएपछि परिवारले आज शवको अन्त्येष्टि गरिएको हो।
