सञ्चार माध्यमको कार्यालय अघि राखिएको गाडीबारे बोल्यो रास्वपा
काठमाडौं । सोमबार एकाएक विभिन्न मिडिया हाउसको कार्यालय र केही नेताको घरमा राखिएका शंकास्पद गाडीबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ । सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि गरिएको रास्वपाको आशंका रहेको छ ।
