फाइनान्स बजारको ११ महिना : कसैलाई नाफाको बहार, कसैलाई घाटाको भार
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म) को वित्तीय विवरणले नेपालका फाइनान्स कम्पनीहरूको मिश्रित चित्र सार्वजनिक गरेको छ । समीक्षा अवधिमा समग्र फाइनान्स क्षेत्रले ८२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भए पनि सबै कम्पनीको अवस्था समान देखिँदैन ।
