गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको पाइएको छ । थापाको रातोपुलस्थित निवासअगाडि पनि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको पाइएको हो । यसअघि कान्तिपुर, अनलाइन खबर, हिमालय टेलिभिजनको कार्यालयअगाडि पनि गाडी राखिएको गाडी प्रहरीले हटाएको थियो । गाडी कसको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
