SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

गगन थापाको घरअगाडि पनि बिहानैदेखि शंकास्पद गाडी

नेपाली काँग्रेसका सभापति गगन थापाको काठमाडौँको रातोपुलस्थित निवास अगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको पाइएको छ। बीएसी ९५७५ नम्बरको गाडी सभापति थापाको निवासअगाडि पार्किङ गरिएको हो। घटनाबारे थप तथ्य पत्ता लगाउन आसपासका सिसिटिभी फुटेजको अध्ययन भइरहेको स्रोतले जनाएको छ। स्थानीयका अनुसार उक्त गाडी बिहान करिब ७ बजेदेखि निवासअगाडि पार्किङ गरिएको छ।