वालेन सरकारले संविधान संशोधनको नाममा परिस्थिति गिजोलन खोजे : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधान संशोधनको नाममा वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले नाटकमञ्चन गरिरहेको र परिवर्तनकारी शक्तिहरुमाथि मजाक गरिरहेको टिप्पणी गरेका छन् । उनले संविधान संशोधन कार्यदल नै खारेजको माग गरेका छन् । संविधान संशोधनजस्तो गम्भीर विषयमा प्रधानमन्त्री शाहले संविधानको सत्व नै नबुझेका व्यक्तिलाई यसको जिम्मा दिएर सुरुमै मजाक उडाईसकेको उल्लेख गर्दै अध्यक्ष साहले रास्वपा र वालेन शाहले संविधान संशोधनको नाममा नाटकमात्रै मञ्चन गरेको घट्नाक्रमले पुष्टि गरिसकेको बताए ।
