SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

पोखराबाट लागुऔषध तस्करी गर्ने ५ भारतीय पक्राउ, १८०० एम्पुल र ५१० क्याप्सुल बरामद

काठमाडौं । भारतीय नम्बर प्लेटको कारमा लुकाएर लागुऔषध तस्करी गर्ने पाँच जना भारतीय नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय बर्जली पासवान, ३३ वर्षीय अभय कुरार मिश्र, ३३ वर्षीय प्रीतम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन् ।