SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

थप ५ स्थानमा विस्तार भयो फोटोनको ‘टोटल केयर नेटवर्क’

काठमाडौं । FOTON ले देशका विभिन्न ५ स्थानमा फोटोन टोटल केयर सिल्ड सर्भिस पोइन्ट (FOTON Total Care Shield Service Point) सञ्चालनमा ल्याएको छ । कम्पनीले दाङको भालुवाङ, बागलुङ, सर्लाहीको लालबन्दी, रौतहतको चपुर र सिराहको लहानमा टोटल केयर सर्भिस पोइन्ट खडा गरी बिक्रीपछिको सेवा नेटवर्कलाई थप सुदृढ बनाएको हो ।