कान्तिपुर र अनलाइन खबरका गेटमै गाडी राख्ने धनीको परिचय खुल्यो
यातायात व्यवस्था विभागको रेकर्ड अनुसार सञ्चारमाध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीका धनीहरुको परिचय खुलेको छ । यद्यपी ती गाडीहरु यसरी किन र कुन प्रयोजनका लागि राखिएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कान्तिपुर पब्लिकेशन, अनलाइन खबर र हिमालय टेलिभिजनको गेटमा पार्किङ गरेर राखेको गाडी ट्राफिक प्रहरीले क्रेनको सहायताले हटाएको छ ।
