SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

सभामुखको भूमिकामाथि कांग्रेसको प्रश्न, विपक्षीको नाडी छाम्ने प्रयास नगर्न चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन् । सोमवार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन् । उनले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिए ।