SHARE
कालिका खबर · सोमबार २९ असार २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

ट्रक अपहरणदेखि राजस्वको धम्कीसम्म : विबेक शर्माको गिरोहले काठमाडौंको कवाडी बजारमा मच्चायो त्रास, प्रशासन मौन

काठमाडौं । कवाडी व्यवसायमा संलग्न व्यवसायीहरूमाथि संगठित गुण्डागर्दी, चन्दा असुली र प्रशासनिक दुरुपयोग भएको गम्भीर आरोप लागेको छ। व्यवसायी दिपेश अग्रवाल, विबेक शर्मा र लागुऔषध तस्करीमा संलग्न कुन्दन सिंहले मिलेर कवाडी व्यवसायीलाई आतंकित बनाउँदै अवैध चन्दा उठाउने गरेको खुलेको छ। प्राप्त जानकारीअनुसार, विबेक शर्माले करिब ५० जना युवाहरू प्रयोग गरी ट्रक चालकहरूलाई धाकधम्की र कुटपिट गर्ने, ट्रकहरू जफत गरी आफ्नो कब्जामा लिने र रु १ लाख चन्दा माग गर्ने गरेका छन्। चन्दा नदिए राजस्व अनुसन्धान विभागमा गाडी पठाउने धम्की दिने गरेको पीडित व्यवसायीहरूले बताएका छन्।