SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

प्रेम सम्बन्ध छुटेपछि युवतीको चरित्र हत्या, भारतीय र नेपाली युवा पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा युवतीको चरित्रहत्या गर्ने छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले एक भारतीय र अर्का नेपाली युवालाई पक्राउ गरेको हो । पीडित महिलाको अश्लिल तस्बिर र भिडियोको दुरुपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुख हैरानी दिने भारतीय नागरिकलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले जानकारी दिए ।