SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

परिवर्तनको भ्रमबाट देश बदलिदैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्।