बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’
काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा ’होल्ड’ गरिएको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२ः३३ बजे जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी तत्कालका लागि सवारी सञ्चालन रोकिएको जनाएको हो।
