सरकारलाई साथ दिन तयार छौँ, भोक र निराशा अन्त्य गर्न गम्भीर बन्नुस् : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले मानवीय समस्यालाई गम्भीर रूपमा लिएर तत्काल समाधान गर्नुपर्ने बताएका छन् । सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनले देशमा भइरहेका पीडादायी घटनाले सबैलाई गम्भीर बन्न बाध्य बनाएको बताएका हुन् । सरकारले समस्या समाधानमा अग्रसर भए कांग्रेसले साथ दिने पनि उनले स्पष्ट पारे ।
