SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर

विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनामा सोमबार बिहानै डोजर चलाइएको छ । मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरेर एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइएको हो ।