SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

दोलखामा पहिरो : चार महिनाकी शिशुको ज्यान गयो, आमा गम्भीर घाइते

दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गरएको छ भने आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको हो।