SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

नयाँ प्रणालीबाट राहदानी वितरण सुरु, एक करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण

राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै  नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो ।