जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, २ जनाको उद्धार
काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा पहिरो खस्दा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोले अस्थायी टहरा पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो । घटनामा उनकी छोरी ४० वर्षीया मेनुका शाह थापा र ७ वर्षीया नातिनी टिका थापा घाइते भएका छन् ।
