SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

२८ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि १००रुपैयाँले घटेको छ ।