SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

भानु जयन्तीमा सभामुख अर्यालको आह्वान : ‘नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण गरौँ’

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन् । सोमबार काठमाडौंमा २१३औँ भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी त्यसलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउनुपर्नेमा जोड दिएका हुन् ।