SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

राहदानी विभागले ल्यायो नयाँ राहदानी प्रणाली सञ्चालनमा

काठमाडौं । राहदानी विभागले डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले जारी गरेको सूचनाअनुसार आजबाट नयाँ प्रणाली कार्यान्वयनमा आएको हो । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ ।