SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

धान रोपाइँ सुस्त, देशभर ४५ प्रतिशत मात्रै रोपाइँ सकियो

काठमाडौं । देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल धान रोपाइँ ४५.८१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कृषि विभागले सार्वजनिक गरेको प्रदेशस्तरको रोपाइँ सारांश विवरणअनुसार गत वर्ष सोही अवधिमा देशभर ५९.२८ प्रतिशत रोपाइँ भइसकेको थियो ।