SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्यांकी र वाटर प्युरिफायर सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकका प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका–१ का वडा अध्यक्ष दिनेश खत्रीलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।