SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

वर्षाले भासियो मेची राजमार्ग, इलाम–झापा यातायात पूर्ण रूपमा ठप्प

इलाम । लगातार परेको वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ । इलाम नगरपालिका–९ स्थित उक्त सडक जोखिमपूर्ण बनेपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । यसअघि चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन् ।