SHARE
लोक पथ · सोमबार २९ असार २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

बीमा दाबीमा समस्या भए प्रमाणसहित उजुरी गर्न प्राधिकरणको आग्रह

काठमाडौं । बीमा दाबी भुक्तानी वा बीमासम्बन्धी सेवामा समस्या भए नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सकिने भएको छ । प्राधिकरणले बीमक (बीमा कम्पनी), कर्मचारी, सर्भेयर वा अन्य सम्बन्धित पक्षबाट गलत काम भएको भए प्रमाणसहित उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।