SHARE
पर्दाफास · सोमबार २९ असार २०८३ ०२:३० AM · 1 मिनेट पढाइ

४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आयकर

नेपालको अग्रणी निजी वाणिज्य बैंकका रुपमा स्थापित नबिल बैंकले स्थापनाकालदेखि हालसम्म सरकारलाई २८ अर्ब ३३ करोड ५१ लाख रुपैयाँभन्दा बढी आयकर बुझाएको छ । बैंकले उपलब्ध गराएको विवरणअनुसार सन् २०२४÷२५ सम्म नबिल बैंकले कुल २८ अर्ब ३३ करोड ५१ लाख ६० हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको हो ।