जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो
असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ । तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ ।
